काठमान्डौ, चर्चित टि. भी. कलाकार प्रियङ्का चेन्नाइको आफ्नै निवासमा मृत फेला परेकी छिन् । उनलाई सिलिङ्ग फ्यानमा झुण्डिरहेको अवस्थामा भेटिएको थियो । भम्सम नामको टि. भी. कार्यक्रमबाट चर्चित भएकी उनको बैबाहिक सम्बन्धमा निरन्तर समस्या आइरहेको बताइएको छ ।
चेन्नाइ पुलिसले मुद्वा दर्ता गरी अनुसन्धान शुरु गरिसकेको जनाएको छ । उनी अत्यन्तै ठुलो पारिवारिक दबाबमा रहेकी थिइन् । २०१५ मा बिहे गरे तापनि उनी केही महिना देखि एक्लै बस्दै आएकी थिइन् । विहे भएपनि उनीहरुका सन्तान थिएनन् र त्यो नै पारिवारिक कलहको मूख्य कारण रहेको थाहा हुन आएको छ ।
उनी जस्तै केही तामिल कलाकार हरुले केही समय पहिले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेहरुमा टी. भी. कार्यक्रम सन्चालक सबर्ना र टी. भी. कलाकार साइ प्रसान्त जसले मानसिक तनाबका कारण आत्महत्या गरेका थिए ।








