वैशाख १८,२०८३ / १० : ५५ अपरान्ह / 2026-05-01 10:55 pm
      • param ad
      • furniture
      • veera Incorporation

      समन सञ्जीवको नयाँ गीत सार्वजनिक

      - ७ वर्ष अगाडि
      असार ३१,२०७५

      काठमाडौं, लम्जुङ घर भइ वैदेशिक रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका गायक, गीतकार तथा संगीतकार समन सञ्जीव तामाङले नयाँ गीत सार्वजनिक गरेका छन् । विदेशमा रहेर पनि उनले नेपाली कला संस्कृति र गीतलाई माया गर्दै नयाँ गीत बजारमा ल्याएका हुन् । 

      आफ्नै रचना तथा स्वर रहेको ‘संसार तिम्रै’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो । मनोज साङ्सोन राईको संगीत तथा संगीत संयोजन रहेको यो गीतमा ओपेरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड तथा छायांकन भएको हो । स्रष्टा समन सञ्जीव तामाङ गायन सँगसँगै गीत लेखनमा अब्बल रहेको यो गीतबाट थाहा पाउन सकिन्छ ।

      त्योसो त नेपाली गीत संगीतमा नव स्रष्टाहरुको गीत संगीत प्रति रुची देखिँदै आएको छ । वार्षिक रुपमा सयौं गीतहरु बजारमा आउँछन् । ती गीतहरुमध्ये केहीलाई दर्शकले रुचाउने गरेका छन् भने केही गीत हरु गायकको खुशीका लागि मात्र बजारमा आउँछन् । तर, गीत संगीतलाई निकै नै माया गर्ने सनम सञ्जीव जस्ता स्रष्टा भने कमै हुन्छन् । विदेशमा बसेर पनि आफ्नो व्यस्त कामका बाबजुद पनि गीत संगीतका समय निकाल्छन् । यसमा पक्कै पनि गीत संगीत प्रतिकै माया झल्किन्छ । 

      त्यसो त सनम सानैदेखि गीत संगीतमा लागेका स्रष्टा हुन् । उनले आफ्नो भित्री इच्छा भएकै कारण गीत बजारमा ल्याएका हुन् । गीत दर्शकको रोजाइमा पर्नेमा आफू ढुक्क रहेको उनी बताउँछन् । प्रवासमा रहेर नै पहिलो प्रयास स्वरुप दर्शक तथा श्रोताका लागि ल्याएको कोशेली ‘संसार तिम्रै’लाई माया गरिदिन उनले आग्रह गरेका छन् । दर्शक र श्रोताको प्रतिक्रियाकै कारण आफ्नो आगामी यात्रा तय गर्ने भएको हुँदा उनले आफ्ना कमी कमजोरी औल्याइदिन आग्रह गरेका छन् । 

      उनी विदेशमा रहेर पनि गीत संगीतलाई निकै माया गर्दै आएका छन् । मलेसियामा हुने विविध सांस्कृतिक कार्यक्रमा उनको उल्लेख्य भूमिका रहँदै आएको छ । उनी त्यस्ता कार्यक्रममा दर्शकमाझ सांगीतिक प्रस्तुति पस्किने पनि गर्दै आएका छन् ।

        सम्बन्धित समाचारहरु