वैशाख १८,२०८३ / १० : ५५ अपरान्ह / 2026-05-01 10:55 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नवनिर्मित नेपाली चलचित्र “पण्डित बाजेको लौरी” साउन ४ गतेबाट देशव्यपी प्रदर्शन हुंदै

      - ७ वर्ष अगाडि
      असार २६,२०७५

      काठमाडौं, नेपालमा पहिलो पटक पण्डितहरुको कथामा आधारीत रहेर निर्माण गरीएको चलचित्र “पण्डित बाजेको लौरी” आगामी साउन ४ गतेबाट देशव्यपी रुपमा प्रदर्शन हंदैछ ।  

      दिपक ओलकिो निर्देशनमा बनेको सो चलचित्रमा तल्लो जात भनेर हेपीने बदिनी र ठूलो जात भनिने पण्डितविचको सम्बन्धलाई चित्रण गर्न खोजीएको छ । गीतसंगीत र ट्रेलरले दर्शकमा फिल्मप्रति चासो जगाउँदै गर्दा निर्माण टिमले दुई पोस्टर सार्वजनिक गरेका छन् । सो फिल्ममा विजय बराललाई बादी र बाँकी पुरुष पात्रलाई पण्डितको अबतारमा देख्न सकिन्छ । 

      थमनकुमार भण्डारी र बिशोर खड्काले अधृत फिल्मस प्रालीसको व्यनरमा संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा भोलराज सापकोटा,प्रविन खतिवडा,विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, बिशाल पहारी,कुलदिप अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । 

      साउन ४ गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ नेपाली चलचित्र “पण्डित बाजेको लौरी” मा महेश दवाडीको कथा,पटकथा ,संपादन र विदुर गिरीको छायाँकन, डि गुरुङको सम्पादन,विक्रम स्वाँर र दिपकमानन सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल र अमृत श्रेष्ठकोे संगित रहेको छ ।

        सम्बन्धित समाचारहरु