काठमाडौं, उमेश थापा र कविता गुरुङको वास्तविक प्रेम कथामा आधारीत नेपाल चलचित्र “बोबी” को गित सार्वजनिक भएको छ ।
उक्त चलचित्रमा वास्तविक जोडीको नै अभिनय रहेको छ । “अरे सुन” वोलको सो चलचित्रको गितमा तारा प्रकाश लिम्वुको शव्द्ध तथा संगित रहेको छ भने प्रविशा अधिकारी र लेखक आफैले स्वर दिएका छन् । गितको भिडियोमा बनिश शाहको सम्पादन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने उमेश र कविताको रोमान्टिक मुड झल्किएको छ । छायांकनमा सो गितको भिडियो नर्वेमा नवराज कृष्ण थापाले छायांकन गरेको हो ।

चाम्स ईन्टरटेन्टमेन्ट र लण्डन आई ईन्टरटेन्टमेन्टको व्यानरमा निर्माण भएको “बोबीमा” सञ्चारकर्मी नरेश भट्टराई र गिरिराज घिमिरेको स्क्रिप्ट तथा अर्जुन जिसीको सम्पादन रहेको छ । मिलन चाम्सद्धारा निर्देशित सो चलचित्रमा विजय लामा,रुवी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट,रवि गिरी, सुरविर पण्डित,वादल भट्ट,पुर्णिमा लामा,शिशिर राणा लगायत कलाकारहरुको अभिनय रहेको छ ।
नवनिर्मित सो चलचित्र “बोबी” यहीं असार २९ गतेवाट प्रदर्शनमा आउंदैछ ।









