वैशाख १८,२०८३ / ०९ : ४२ अपरान्ह / 2026-05-01 09:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ‘बाबु कान्छा’ फिल्मको पोस्टर सार्वजनिक

      - ७ वर्ष अगाडि
      जेष्ठ १०,२०७५

      काठमाडौं, औपचारीक रुपमा असार २९ गते प्रदर्शन मिति घोषणा गरीएको अभिनेता सलोन वस्नेत र अभिनेत्री करिस्मा श्रेष्ठ अभिनित फिल्म ‘बाबु कान्छा’ को पोष्टर सार्वजनिक भएको छ । 

      एउटा पोस्टरमा करिश्मासंग सलोन रोमान्टिक मूडमा देखिएका छन् भने अर्कोमा करिश्मालाई फिल्मका कलाकारहरुले बोकेका छन् । शोभित बस्नेतद्धारा निर्माण तथा निर्देशित रहेको चलचित्रमा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतको अभिनय देख्न पाईन्छ ।
       
      सो फिल्मबाट नया कलाकार अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गर्दैछन् । पत्रकार रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ फिल्ममा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताका रुपमा छन् । 
      बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी समावेश छ । 

      उक्त फिल्ममा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले कर्णवीर’ को ’चन्द्रमा झैँ राम्री छौ’ गीतलाई रिमिक्समा ढालेका छन् ।

        सम्बन्धित समाचारहरु