श्रावण २२,२०७९ / ०९ : ३० अपरान्ह / 2022-08-07 09:30 pm

        अविरल विसी र सम्झाना भण्डारीको 'दाह्रा झार्नु पर्छ’ युटुबमा सार्वजनिक (भिडियो)

        - ४ वर्ष अगाडि
        जेष्ठ ९,२०७५

        जेठ ९, काठमाण्डौ । नवगायक अविरल विसीको फरक शैलीको लोकदोहरी गीत ‘दाह्रा झार्नु पर्छ’ युटुबमा सार्वजकि भएको छ ।

        यस अघि धर्तीमा जुनले बोलको गित बजारमा ल्याएका विसीको यो दोस्रो सांगितिक कोसेली हो ।

        पैसा र पावरले माया पाउन सकिँदैन, माया पाउनलाई मन जित्नु पर्छ भन्ने भाव गितमा समेटिएको छ ।

        डडेल्धुरा घर भई काठमाण्डौंलाई कर्मथलो बनाएर विगत केही वर्षदेखि गीत संगितको क्षेत्रमा संघर्ष गरिरहेका विसीको यो गित दाहोरी गीतका पारखीहरुका लागि फरक स्वादमा प्रस्तुत गरिएको छ ।

        फोरयस मिडिया एण्ड शिव फिल्मस प्रा.लिले निर्माण गर्न लागेको गितमा विवेक विकको छायांकनरनिर्देशन छ भने गितको कोरियोग्राफी जेम्स विसीले गरेका हुन् ।

        गायक अविरल विसीले कोरेका शब्दमा खेम सेन्चुरीले लय भरेका छन् । अविरल विसी र सम्झाना भण्डारीको स्वर रहेको गितमा सरिश्मा राम्जाली मगर र दामोदर सापकोटाको अभिनय रहेको छ ।

        नेपाली गित संगितलाई माथि उठाउन आफु संघर्षरत रहेको बताउने गायक विसीले उत्कृष्ट प्रविधि प्रयोग गरि खिचिएको गितलाई सबैले मन पराउने विश्वास लिएका छन् ।

          सम्बन्धित समाचारहरु