भाद्र १,२०७९ / ०४ : ५५ पूर्वान्ह / 2022-08-17 04:55 am

        पत्रकार धमलाकी पत्नी एलिजाको नयाँ गीत (भिडियो सहित )..

        - ४ वर्ष अगाडि
        जेष्ठ ४,२०७५

        काठमाडौं, चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमला अभिनित चलचित्र ‘अनुराग’ को नयाँ नयाँ गित रिलिज भएको छ ।सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको ‘यस्तो साथ बन्छु म’ बोलको गीत सार्वजनिक भएको हो । 

        सत्यराज "यस .आर . सी." को शब्द रहेको र सरोज पोखरेलको संगीत रहेको उक्त गीतको एरेन्ज महाराज थापाले गरेका हुन् ।गीतको कोरियोग्राफर विक्रम स्वार हुन् । त्यस्तै गीतको सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

         ‘अनुराग’ चलचित्रको सम्पादन भुपेन्द्र अधिकारीले गरेका हुन् भने छायांकन राम कुमार केसीले गरेका हुन् । किरण दाहालको कथा लेखन रहेको चलचित्रको पट कथा तथा सम्वाद भने सत्यराज चौलागांई र आगत केसीले लेखेका हुन् ।

        त्यस्तै, निर्माण नियन्त्रक नविन पुरीको रहेको छ ।चलचित्रको लाईन–प्रोडुसर दिपक गौतम हुन् । भरत गौतम र गीता भेटवाल निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता ऋषि राज धमला हुन् । मुभिका निर्देशन सत्यराज चौलागाईले गरेका छन् ।

        एरिका फिल्मस्द्धारा निर्मित यस चलचित्रमा एलिजा गौतम, सुमन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत, कमलकान्त मैनाली, विद्या भट्टराई र दावा लामा लगायत कलाकारहरुको अभिनय रहेको छ ।
         चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल हो । यसअघि पनि अनुरागको ‘कान्छा दाई गाना बजाई देउन’ को भिडियो र ‘तिम्रो स्वरमा मिलाई‘।९लिरिकल० गीत सार्वजनिक भैसकेको छ ।

          सम्बन्धित समाचारहरु