श्रावण २४,२०७९ / ०१ : ३३ अपरान्ह / 2022-08-09 01:33 pm

        शुत्रबार नेपाली चलचित्र हलमा विश्वकै कान्छा निर्देशकको फिल्म “हैरान”

        - ४ वर्ष अगाडि
        जेष्ठ ४,२०७५

        काठमाडौं, यहाँ दैनिक जसो रिलिज हुने चलचित्रहरुको प्रतिस्पर्धालाई नयाँ कुराको रुपमा लिन त्यति सान्दर्भिक मान्न त्यति उचित नहोला । कारण हरेक दिन हरेक वर्ष सयभन्दा बढी फिल्म रिलिज हुने गर्दछन् । तर पनि ठूला ब्यानर र स्टार कलाकारको अभिनय रहेका फिल्मले मात्र सोलो रिलिज पाउँछन् । हरेक नेपालमा पनि हप्तामा दुईभन्दा बढी फिल्मको रिलिज भिडन्त अचेल सामान्य जस्तै वन्दै गएको छ । 

        ससै सन्दर्भमा हप्ताको फ्राईडे रिलिज अन्तर्गत देशैभर प्रदर्शनमा आएको फिल्म ‘हैरान’ ले भने सोलो रिलिजको अवसरलाई आत्मसात गरेका छन् । ’शत्रु गते’ पछि नेपाली फिल्मले गतिलो व्यापार गर्न सकेका थिएनन् । तर सोही अवस्थामा पनि अहिले सबैको ध्यान ’हैरान’ माथी पुगेको छ । आगामी दिनमा हैरान चलचित्रले सोलो रिलिजको फाइदा कस्तो उठाउला हेर्न भने बाँकी नै छ ।
        ‘हैरान’ सँग प्रतिस्पर्धा गर्न तयार विपिन कार्कीको स्टारर फिल्म “हरी” को रिलिज पोस्टपोन्ड भएपछि हैरान फिल्मले एकल प्रदर्शनको अवसर पाएको हो । शुक्रवारबाट देशभरका ८० भन्दा बढी हलमा प्रदर्शनमा आएको छ । हेरान चलचित्रका भने विश्वकै कान्छो निर्देशक सौगात विष्ट हुन् । उनले विश्वकै कान्छा निर्देशकको रुपमा आफ्नो नाम गिनिज वर्ड रेकर्डमा दर्ता गराई सकेका छन् । 
        यसअघि सौगात  विष्टले “लभ यू बाबा” नेपाली चलचित्र निर्देशन गरेका थिए । यो फिल्मले बक्सअफिसमा सुखद कलेक्सन गर्न नसकेपनि दर्शकबाट भने राम्रो प्रतिक्रिया पाउनथियो सफल भयो । फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ । यसलाई कमेडी र एक्सनको समिश्रणमा तयार पारिएको छ ।

        डान्स फेभरको ब्यानरमा निर्मित ‘हैरान’ मा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ ।

          सम्बन्धित समाचारहरु