भाद्र १,२०७९ / ०३ : २२ पूर्वान्ह / 2022-08-17 03:22 am

        सलमान खान धरौटीमा रिहा, देश बाहिर जान बन्देज

        - ४ वर्ष अगाडि
        चैत २४,२०७४

        एजेन्सी , बलिउड अभिनेता सलमान खानलाई जमानत मिलेको छ। उनी विगत तीनदिनदेखि जोधपुरको सेन्ट्रल जेलमा कैद थिए। कालो हरिणको २० वर्षपहिले सिकार गरेको अभियोगमा बिहीबार ५ वर्षका लागि जेल चलान गरिएका सलमानको अपीलमा शनिबार सुनुवाइ गर्दै जोधपुरको एक अदालतले उनलाई रिहाइ गर्ने फैसला गरेको हो।


         सलमानलाई ५० हजार धरौटीमा रिहाइ गरिएको हो। जोधपुर सेशंस कोर्टका न्यायाधीश रवीन्द्रकुमार जोशीले सलमानलाई जमानत दिने फैसला गरेका हुन्। सलमानलाई न्यायाधीशले रिहाइ गर्न फैसला गरेसँगै उनलाई जेलबाट बाहिर निकाल्ने प्रक्रिया सुरु भएको छ। उनी आजै जोधपुरबाट मुम्बइ जाने बताइएको छ। उनलाई भविष्यमा अदालतले भनेको बेला उपस्थित हुन भनिएको छ। 

        सलमानले जमानत पाएपछि उनका फ्यानहरूमा खुसी छाएको छ। सलमान दुईवटा काला हरिणको सिकार गरेको अभियोगमा लामो समयदेखि कानुनी झमेलामा रहदै आएका छन्।  सलमानलाई जमानत दिने फैसलाप्रति उनीविरुद्ध कानुनी लडाइमा रहेको वैष्णव समाजले भने हाइकोर्टमा अपील गर्ने प्रतिक्रिया दिएका छन्। उनीहरूले सलमानलाई जेल हाल्नुपर्ने माग यथावत राखेका छन्।

        के थियो हरिण काण्ड ?

        सन् १९९८ को कुरा हो । राजस्थानको जैसलमेरमा सुरज बडजात्याको फिल्म ‘हम साथ साथ हैँ’को सुटिङ भइरहेको थियो । सलमानलाई आरोप थियो कि १ अक्टोबर १९९८ को राति जोधपुर जिल्लाको काँकणी गाउँनजिकै सलमान खान र सोही फिल्मसँग सम्बद्ध कलाकारले त्यहाँ कालो हरिणको सिकार गरेका थिए । सलमानलाई अवैध हतियार राखेको र प्रयोग गरेको आरोप छ । उनलाई आम्र्स एक्टसम्बन्धी मुद्दा पनि दायर गरिएको थियो । आम्र्स एक्ट मुद्दाबाट भने गत जनवरी १८ मा उनलाई सफाइ दिइएको थियो ।

          सम्बन्धित समाचारहरु