काठमाडौँ । चार दिन अगाडि रिलिज भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर युट्युबको नेपाल ट्रेन्डिङ नम्वर एकमा पर्न सफल भएको छ । ट्रेलरलाई ४ लाख भन्दा बढीले हेरिसकेका छन् । ट्रेलरमा पैसाका लागि पात्रबीचको तनाब देखाइएको छ ।
लरमा कमेडी संवादलाई प्राथमिकता दिइएको छ । अभिनेत्री त्रय प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारीको यस फिल्ममा प्रमुख भूमिका छ । केकीको ब्यानर ‘जुनकिरी आर्टस्’ बाट निर्माण भएको फिल्ममा ऋचाले मोडल तिर्सना बुढाथोकीको हाउभाउ नक्कल गर्न खोजेकी छन् ।
फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् । फिल्ममा विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।फिल्मका गीतमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र कालीप्रससाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ । ‘अब मनसँग मन’ र ‘सि।ओे।डब्लु काउ’ गीतका कारण पनि यो फिल्म यतिबेला चर्चामा आएको छ ।चलचित्रका निर्देशक विशाल भण्डारी हुन् ।फिल्म बैशाख १४ गतेबाट प्रदर्शनमा आउदैछ ।








