वैशाख १८,२०८३ / ०९ : ४१ अपरान्ह / 2026-05-01 09:41 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ‘केही गरी सकेन’ भन्दै सञ्चारकर्मी खेम बने गायक

      - ८ वर्ष अगाडि
      चैत १०,२०७४
      काठमाडौः गायक खेम रिसालले ‘केही गरी सकेन’ म्युजिक भिडियो लिएर आएका छन् । 
      खेमले पहिलो एल्बममा समावेश गीतको भिडियो शुक्रबार टेलिभिजन च्यानल र युट्युब मार्फत् सार्वजनिक गरेका हुन् । प्रतिभावान खेमले प्रेममा बिछोड हुँदाको पीडालाई समेटिएको गीत आफैंले रचना गरेका हुन् भने मोहन मगरले संगीत तथा 
      रोशन बान्तवाले संगीत संयोजन गरेका छन् । 
      केदार धितालले निर्देशन गरेका उक्त गितको भिडियो उत्सव दाहालले छायांकन गरेका हुन् भने भिडियोमा नयन सिंह र पुनम भण्डारीले अभिनय गरेका छन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् । गायक खेम लामो समय देखि सञ्चार क्षेत्रमा 
      सक्रिय छन् । केही गरी सकेन  गीत ‘थालनी’ एल्बममा समाविष्ट छ।

        सम्बन्धित समाचारहरु