मंसिर २,२०८२ / ०४ : ३१ अपरान्ह / 2025-11-18 04:31 pm
      • param ad
      • furniture
      • veera Incorporation

      दिलीप कुमार र राज कपूरको पुख्र्यौली घरलाई संरक्षण गर्दै सङ्ग्रहालयमा रूपान्तरण

      - २ हप्ता अगाडि
      श्रावण १५,२०८२

      काठमाडौँ, पाकिस्तानको पेशावर शहरमा स्थित बलिउडका दुई हस्ती दिलीप कुमार र राज कपूरको पुख्र्यौली घरलाई सङ्ग्रहालयमा रूपान्तरण गर्ने ऐतिहासिक योजना सुरु गरिएको छ ।

      यस योजनाअन्तर्गत यी दुई भवनको संरक्षण र पुनः निर्माणको कार्य प्रारम्भ गरिएको हो । यी घरहरु करिब सय वर्ष पुराना हुन् ।

      यी भवनहरूमा बलिउडका दिग्गज अभिनेता दिलीप कुमार र राज कपूरको बाल्यकाल बितेको थियो । यी घरहरुलाई सन् २०१४ मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफले ‘राष्ट्रिय सम्पदा’ को रूपमा घोषणा गरेका थिए ।

      यस अभियानमा विश्व बैंकको आंशिक आर्थिक सहयोग समेत रहेको छ । पुनः निर्माण कार्यको कुल लागत ७ करोड पाकिस्तानी रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

      सङ्ग्रहालयमा दिलीप कुमार र राज कपूरको बाल्यकाल, पारिवारिक पृष्ठभूमि, चलचित्र क्षेत्रमा प्रवेश, अभिनय यात्रा, तस्बिर, भिडियो, र वस्तुहरू प्रदर्शनीमा राखिनेछ ।

      यस पुनः निर्माण अभियानले भारत र पाकिस्तानबीचको साझा सांस्कृतिक सम्बन्धलाई उजागर गर्नेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d