मंसिर २,२०८२ / ०३ : ५१ अपरान्ह / 2025-11-18 03:51 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सौन्दर्य प्रतियोगितामा चम्किरहेकी गरिमा गुरुङ

      - ५ महिना अगाडि
      असार १,२०८२

      काठमाडौं, मोरङ जिल्ला, बेलबारी नगरपालिकाको वडा नं. ४ मा जन्मेकी गरिमा गुरुङ हाल काठमाडौंको मनमैजुमा बसोबास गरिरहेकी छिन्। उनले मिस ग्राण्ड नेपाल २०२५ मा सशक्त दाबेदारी प्रस्तुत गर्दै आफूलाई प्रतिस्पर्धाको अग्रपंक्तिमा राख्न सफल भएकी छन्।

      यस प्रतियोगिताको अडिसन काठमाडौंस्थित नयाँबजारको One Cafe मा सम्पन्न भएको थियो। अडिसन चरणदेखि नै उनले आफ्नो बौद्धिक क्षमता र सौन्दर्यद्वारा निर्णायकहरूको ध्यान आकर्षित गर्न सफल भएकी थिइन्।

      गरिमाले पूर्वमा सुप्रिम मोडल स्कुलबाट अध्ययन गर्दा पहिलो वर्षमै "Student of the Year" को उपाधि जित्दै आफ्नो नाम बनाएकी थिइन्। हाल उनी कालंकीस्थित "Edmark College" मा समाजशास्त्र (BSW) विषयमा तेस्रो वर्षमा अध्ययनरत छिन्।

      उनी सामान्य परिवारमा हुर्किएकी हुन्। उनका बुबा द्वारिकानाथ गुरुङ र आमा दुर्गा कुमारी गुरुङको प्रेरणा र सहयोगले गरिमाले पढाइ र सौन्दर्य दुवै क्षेत्रमा आफूलाई सक्रिय राख्न सफल भएको बताइएको छ।

      /pagegallery/20250615100.jpg

      ३५ दिने लामो प्रशिक्षण कार्यक्रममा सहभागी हुँदै अगाडि बढिरहेकी गरिमा मिस ग्राण्ड नेपालको उपाधि जितेर नगद पुरस्कार (इलेक्ट्रिक स्कूटर) र "Goodwill Ambassador" को रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने लक्ष्यमा छिन्।

      हाल गरिमा आत्मनिर्भर, मेहनती र लगनशील युवतीको रुपमा चिनिन सक्ने बनिसकेकी छिन्। खेलकुद, मनोरञ्जन, पढाइ सबैमा अब्बल गरिमा भन्छिन् — सौन्दर्य प्रतियोगिता मात्र नभई जीवनलाई व्यवहारिक अर्थ दिने एउटा माध्यम पनि हो।

      समाजशास्त्र अध्ययन गरिरहेकी हुँदा उनी भविष्यमा महिलाको सशक्तिकरणका लागि काम गर्न चाहन्छिन्। साथै, समाज र राष्ट्र दुवैमा केही योगदान दिने युवा बन्ने उनको दृढ विश्वास छ।

      /pagegallery/2025061584.jpg

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d