कार्तिक २२,२०८२ / १० : २८ अपरान्ह / 2025-11-08 10:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ‘अनोरा’ अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्म घोषित

      - ८ महिना अगाडि
      फागुन १९,२०८१

      काठमाडौं,  फिल्म ‘अनोरा’ ९७ औं अस्करमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । सिन बेकरद्वारा लेखन, निर्देशन र सम्पादन गरिएको फिल्म ‘अनोरा’ले न्युयोर्कको ब्रुकलिनकी एक यौनकर्मी एनोरा मिखेवा र रुसी धनाढ्यका छोरा भान्या जाखारोभबीचको विवाहको कथालाई समेटेको छ । 

      यो फिल्मले कान्स फिल्म फेस्टिभलमा समेत ‘पाम दे ओर’ जितेको थियो । डार्क कमेडी फिल्म अनोरा का लागि शन बेकरले उत्कृष्ट निर्देशकको ओस्कार समेत जितेका छन् । यस पटक ओस्कारमा फिल्म अनोराले कुल पाँच अवार्ड जितेको छ । जसमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अकिकभनेत्री, मौलिक पटकथा र सम्पादन रहेका छन् । 

      त्यस्तै द ब्रुटालिस्टका लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन् भने फिल्म अनोराका लागि माइकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । त्यस्तै फिल्म एमिलिया पेरेजका लागि अभिनेत्री जोय साल्दानाले सहायक अभिनेत्रीको अस्कर अवार्ड जितेकी छिन् । उनको लागि यो पहिलो अस्कर हो ।

      अर्वाड जितेपछि ट्रफी उचाल्दै उनी भावुक बन्दै आमातिर हेर्दै खुसीका आँसु बगाएकी थिइन् । त्यस्तै ब्राजिलियन फिल्म आइ एम स्टिल हियरले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको छ भने फिल्म द ब्रुटालिस्टले उत्कृष्ट छायांकनका लागि ओस्कार जितेको छ । त्यसैगरी आइ एम नट अ रोबोट डच एआई फिल्मले उत्कृष्ट छोटो चलचित्रको ओस्कार जितेको छ भने एल मालले एमिलिया पेरेजको लागि उत्कृष्ट मौलिक गीतको ओस्कार जितेको छ । 

      त्यस्तै फिल्म विक्डले उत्कृष्ट निर्माण डिजाइनको ओस्कार जितेको छ भने फिल्म अनोरा ले उत्कृष्ट मौलिक पटकथाको ओस्कार पनि जितेको छ ।  लस एन्जलसको आगलागीले यस क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएपछि  भव्य रुपमा आयोजना गरिएको ९७औं ओस्कार समारोहमा लस एन्जलसका अग्निनियन्त्रकहरूलाई पनि मञ्चमा बोलाइएको थियो र मानिसहरूले ताली बजाएर स्वागत गर्दै उनीहरुलाई धन्यवाद दिइएको थियो । कार्यक्रममा हालै निधन भएका पूर्व ओस्कर विजेता तथा प्रसिद्ध अभिनेता जीन ह्याकम्यानलाई पनि सम्झिएको थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d