असोज ९,२०८२ / ०१ : ०१ पूर्वान्ह / 2025-09-25 01:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      सिमा पोखरेलको ‘बादल बनी तिमी’ मेल भर्सनमा पनि सार्वजनिक (भिडियोसहित)

      - एक हप्ता अगाडि
      फागुन २,२०८१

      काठमाडौं, गायीका तथा संगीतकार सीमा पोख्रेलको स्वरमा रहेको बादल बनी तिमी उडीरहु बोलको गीत मेल भर्सनमा पनि सार्वजनिक भएको छ । 

      उक्त गीत आज प्रेम दिवसको अवसर पारेर गायक सजल न्यौपानेको स्वरमा सीमा पोख्रेल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गितको म्युजिक भिडियो पनि सार्वजनिक गरीएको छ ।  गीतको शब्द बहुप्रतिभाकी धनी गायीका सीमा पोख्रेले नै लेखेकी हुन् भने गीतको संगीत पनि पोख्रेल आँफलेै गरेकी हुन् ।

       माया प्रेम झल्किने उक्त गीत शुसान्त सापकोटाको एरेन्जमा तयारी भएको छ । समाजको लागी लामो समय नेपालमा सांगितीक यात्रामा जीवन व्यतित गरेकी सीमा अहिले अमेरीका बस्दै आएकी छिन् । कला संगीतसंगैे नर्सिङ्ग पेशालाई रोजेकी उनले विगत लामो समयदेखि अमेरीकामा नर्सिङ्गलाई पढाउदै आएकी छिन् ।

       सामाजिक र राजनितीक परीबेशलाई बुभेकी सिमा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहदै आएकी छिन् । अहिले अमेरीका बसेरै पन आँफुले चाहेका विभिन्न क्षेत्रमा योगदान गरीरहेकी छिन् भने उनले पुर्वाञ्चल बाल सेवा आश्रमलाई अतुलनिय योगदान पुयाउँदै आएकी छिन् । 

      ६ बर्षको उमेरदेखिनै गितार बोकेर स्टेजमा गीत गाएकी पोख्रेल नेपालको पहिलो महिला गितारीष्ट हुन् । जहिले पनि सकरात्मक सोच राख्ने सीमा साहस र हिम्मत लिएर अघि बढ्दैे अहिले गीत लेख्ने देखि कम्पोज गर्ने गाउने सबै आँफै गर्छीन् ।

      स्वर सम्राट नारायण गोपाल संगै गीत गाइसकेकी सीमाले धेरै गीतहरु ऋाफ्नै शब्द तथा संगीतमा सार्वजनिक गरीसकेकी छिन् उनका सबै खालका गीतहरु ‘सीमा पोख्रेल’ युट्युब च्यानलमा हेर्न समेत सकिन्छ ।

        सम्बन्धित समाचारहरु