भाद्र २३,२०८१ / ०९ : ०९ पूर्वान्ह / 2024-09-08 09:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      आस्मा कुमारी केसीले जितिन् मिस नेपाल वर्ल्ड २०२४ को उपाधि

      - १ महिना अगाडि
      श्रावण २०,२०८१

      ललितपुर : शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको ग्राण्ड फिनालेमा आस्मा कुमारी केसीले मिस नेपाल वर्ल्ड २०२४ को उपाधि जित्न सफल भइकी छन् । उनले यस अवसरमा ताज पहिरिएकी थिइन्, जुन उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले लगाइदिनु भयो ।

      मिस नेपाल अर्थको उपाधि सुमना केसीले प्राप्त गरिन् र मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले जितिन् । 

      जितपछि उनले यो त सपनाजस्तो लागिरहेको भनेर प्रतिक्रिया दिइन् । प्रतियोगितामा २६ जना सुन्दरीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

      सबटाइटल विधातर्फको प्रतिस्पर्धामा अन्जना पुनले पपुलर च्वाइस, ऊर्जा नेवाले मिस फिटनेस, सिम्रिका मानन्धरले हेल्दी स्किन, साइरा खड्काले मिस भिजिनरी, प्रेरभिता स्वारले मिस कन्फिडेन्ट, सुमना केसीले मिस हाइजिन र अम्बिका राणाले ग्रीन भिजिनरीको उपाधि जितेका छन् ।

      मिस फोटोजेनिकको उपाधि श्रद्धासुमन सिलवालले, फार्मेसी फेस अफ द इयरको उपाधि आस्मा केसीले, मिस इन्टलेक्चुअलको उपाधि दीक्षा अवस्थीले र ब्युटी विथ अ पर्पस विधामा सुमना केसीले जितिन् । विशेष कुरा, ’ब्युटी विथ पर्पस’ को विधा मिस नेपालको इतिहासमा पहिलोपटक आयोजना गरिएको थियो ।

      सामाजिक र लैंगिक परिवर्तनका लागि मिस नेपालको ३० औं वर्षगाँठको उपलक्ष्यमा यो समारोह विशेष महत्व राख्दछ । फिनालेमा प्रियंकारानी जोशी, दिब्यदेव, शरद भेसवाकर लगायतका ११ जना जजहरू रहेका थिए ।

      सहाना बज्राचार्यले होस्ट गरेको यस कार्यक्रममा नृत्य प्रस्तुत गरिएको थियो । पूर्व मिस नेपालहरूको उपस्थितीसहित, मिस माल्टाको टोली र जापानबाट आएका मिस इन्टरनेसनलका कार्यकारी निर्देशक पनि उपस्थित थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d