काठमाडौं, गायीका तथा संगीतकार सीमा पोख्रेलको स्वरमा रहेको बादल बनी तिमी उडीरहु बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत ‘सीमा पोख्रेल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको शब्द बहुप्रतिभाकी धनी गायीका सीमा पोख्रेले नै लेखेकी हुन् भने गीतको संगीत पनि पोख्रेल आँफलेै गरेकी हुन् । माया प्रम झल्किने उक्त गीत शुसान्त सापकोटाको एरेन्जमा तयारी भएको छ ।
सानैदेखि राष्ट्र र समाजको लागी लामो समय नेपालमा सांगितीक यात्रामा जीवन व्यतित गरेकी सीमा अहिले अमेरीका बस्दै आएकी छिन् । केहि समय अघि नेपाल आएको अबसरमा उक्त गीत रेकर्डिङ्ग गरेकी थिइन् । कला संगीतसंगैे नर्सिङ्ग पेशालाई रोजेकी उनले विगत लामो समयदेखि अमेरीकामा नर्सिङ्गलाई पढाउदै आएकी छिन् ।
सामाजिक र राजनितीक परीबेशलाई बुभेकी सिमा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहदै आएकी छिन् । अहिले अमेरीका बसेरै पन आँफुले चाहेका विभिन्न क्षेत्रमा योगदान गरीरहेकी छिन् भने उनले पुर्वाञ्चल बाल सेवा आश्रमलाई अतुलनिय योगदान पुयाउँदै आएकी छिन् ।
६ बर्षको उमेरदेखिनै गितार बोकेर स्टेचमा गीत गाएकी पोख्रेल नेपालको पहिलो महिला गितारीष्ट हुन् । जहिले पनि सकरात्मक सोच राख्ने सीमा साहस र हिम्मत लिएर अघि बढ्दैे अहिले गीत लेख्ने देखि कम्पोज गर्ने गाउने सबै आँफै गर्छीन् ।
स्वर सम्राट नारायण गोपाल संगै गीत गाइसकेकी सीमाले धेरै गीतहरु ऋाफ्नै शब्द तथा संगीतमा सार्वजनिक गरीसकेकी छिन् उनका सबै खालका गीतहरु ‘सीमा पोख्रेल’ युट्युब च्यानलमा हेर्न समेत सकिन्छ ।