डेढ बर्षको उमेरमै गायीका बन्ने झझल्को दिएकी बहुप्रतिभाकि धनी तथा साहसी सीमा पोख्रेलले ६ बर्षको उमेरमा आइपुग्दा गितार बोकेरै स्टेच चढिन् । नेपालको पहिलो महिला गितारीष्ट सीमाप्रतिको साहस र हिम्मतलाई सबैले माया अनि सम्मान गर्थे । त्यहि माया र सम्मानलाई कदर गदै अघि बढेकी सीमाले अहिले गीत लेख्ने देखि कम्पोज गर्ने गाउने सबै आँफै गर्छीन् ।
सानैदेखि राष्ट्र र समाजको लागी लामो समय नेपालमा सांगितीक यात्रामा जीवन व्यतित गरेकी सीमा आफ्नै देशमै राम्रो सम्भावना हुँदा हुदै पनि बाध्यताले अमेरीका उडिन् । देश छोडे पनि उनले आफ्नो सपनालाई मर्न दिइनन् । अमेरीका बसेरै पन आँफुले चाहेका विभिन्न क्षेत्रमा योगदान गरीरहेकी छिन् । विभिन्न क्षेत्रमा आबद्ध भएर पनि सबैकुरालाई समेट्दै नेतृत्व गर्न सक्ने छोरीको अदम्भ्य कलालाई बुवाले मुल्यांकननै गर्न नसकिने बताउँछन् ।
कला संगीतसंगैे नर्सिङ्ग पेशालाई रोजेकी उनले विगत लामो समयदेखि अमेरीकामा नर्सिङ्गलाई पढाउदै आएकी छिन् । सामाजिक र राजनितीक परीबेशलाई बुभेकी सिमा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहदै आएकी छिन् । सकरात्मक सोच र सहयोगी मनकी धनी सीमाकी आमाले छोरीको बयान यसरी गर्छीन् ।
चिकित्सा क्षेत्र संगै जीवनको आधा जिन्दगी कला क्षेत्रमा समर्पीत गरीरहदा जीवनको यो उतर्राधामा आएर पनि सीमाको कला र कर्मको हामिले जतिनै तारीफ गरे पनि शब्दहरु कमि नै हुन्छ त्यसैले उनी जस्ती महिलाको यो कथाले अन्य केही गर्छु भन्ने महिलाहरुको लागि हौसाला मिल्ने आशा गर्न सकिन्छ त्यसैले निडर अनि साहसी सीमाको अभाव हामी नेपाली सबैलाई खड्किरहनेछ भन्दै उनको संघर्षसहितको सफलता र कलाकारीताको बहुआयमिक रगंहरु आजको चिनारी सोमा प्रस्तुत गर्नेछौ ।