फागुन १,२०८१ / ०८ : २२ पूर्वान्ह / 2025-02-13 08:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      सञ्चारकर्मी बिकलको निर्देशनमा बनेको गायक आयुश्मानको ‘मेरी जान’ को भिडीयो सार्वजनिक

      - १ वर्ष अगाडि
      कार्तिक २५,२०८०

      विराटनगर, झापा दमकका उदयमान गायक आयुश्मान चापागाँईले हिन्दी भाषाको गीत ‘मेरी जान’ को भिडीयो सार्वजनिक गरेका छन् । आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको गीतमा स्वर, शव्द र संगीत आयुश्मान आफैले गारेका छन्   ।

      उक्त भिडियोको कथा सञ्चारकर्मि विकल श्रेष्ठले लेखेका छन भने बिकल श्रेष्ठ कै निर्देशन,छायान्कन र संपादन समेत रहेको छ । भिडियोमा मुख्य कलाकारमा चक्लेटी अनुहारका आयुश्मान र अन्बेशा चापागाईंको अभिनय देखन सकिन्छ । 

      अन्वेषाको यो पहिलो अफिसियल म्युजिक भिडियो भए पनि अन्वेशाको अभिनय भने ब्यवसायिक कलकारको जत्तिकै रहेको छ । दमक तथा आसपासका सुन्दर दृश्यहरु समेटिएको उक्त भिडीयोमा गायक आयुशको पारिवारीक सदस्यहरु आमा डा.शकुन्तला चापागाई र हजुरवुवा हरिप्रसाद चापागाँईको समेत अभिनय रहेको छ । 

      डाक्टर परिवारमा हुर्किएको भए पनि उनको संगीत प्रतिको मोह भने  बिछ्ट्टै रहेको छ । अध्ययन्मा तिक्ष्ण रहेका आयुश्मानको यो संगीतमोहलाई साकार पार्न उनको बुवा डा। नवीन चापागाईं लगायत सम्पुर्ण परिवारको पुर्ण साथ रहेको आयुश बताउछन् ।

      यस अघि आयुश्मानको केही सृजनाहरु ूमुरली तिरीरी’  ूमाया बस्यो कि कतैू जस्ता बोलको गीत र म्युजीक भिडीयो उनले बजारमा ल्याइ सकेका छन भने ‘तिमिनै’ बोल गीतको लिरिकल भिडीयो समेत उनले आफनै युटुब च्यानल मार्फत बजारमा सार्वजनिक गरिसकेका छन् । 

      हाल भारतको मेंलुरमा चिकित्सा शिक्षा अध्यान गरि रहेका आयुश्यामान भविश्यमा चिकित्सा पेशा र संगीतलाई सँगसँगै अगाडि लिएर जाने उनको लक्ष्य रहेको बताउँछन् ।  मोह रहेका कारण पारिवारीक रुपमा सहयोग समेत रहँदै आएको आयुशमान बाताउछन् । यश गितमा सुलभ कडरीयाको एरेन्ज रहेको छ। गीतको प्रोडक्सन सक्षम श्रेष्ठले गरेका हुन ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d