फागुन १,२०८१ / ०८ : ३६ पूर्वान्ह / 2025-02-13 08:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      नगर प्रहरी र सडकमा मकै बेच्दै गरेकी युवतीबीचको प्रेम कथा

      - १ वर्ष अगाडि
      श्रावण २४,२०८०

      काठमाडौ, गायक यश कुमारको म्युजिकल फिल्म सुस्तरी सुस्तरी डिजिटल मंगलबार बजारमा सार्वजनिक भएको छ । 

      म्युजिक भिडियोमा नगर प्रहरी र सडकमा मकै बेच्दै गरेकी युवतीबीचको सुन्दर प्रेम कथा रहेको छ । 

      नगर प्रहरीको भूमिकामा गायक तथा अभिनेता यश कुमार आफैँ छन् भने सडक व्यापारीको भूमिकामा अभिनेत्री अनु थापा छिन् । गायनमा यशलाई अनु चौधरीले साथ दिएकी छिन् ।

      नगर प्रहरी र सडक व्यापारीबीचको द्वन्द्वबाट सुरु हुने कथा प्रेममा परिणत हुँदै सडकमा व्यापार गर्नुहुँदैन भन्ने सन्देश दिएर टुंगिन्छ । 

      यश कुमारकै कथा रहेको म्युजिकल फिल्ममा राजेश घटानी, पञ्ची तामाङ र अनिता लामाले पनि अभिनयमा साथ दिएका छन् । म्युजिकल फिल्मको निर्देशन निकेश खड्काले गरेका हुन् । गीतको शब्द र संगीत पनि यशको आफ्नै हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d