चैत ६,२०८१ / १२ : ४० पूर्वान्ह / 2025-03-20 12:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      चलचित्र उद्योगलाई तत्काल बजेट विनियोजन नगरिए आन्दोलनमा उत्रिने चेतावनी

      - १ वर्ष अगाडि
      जेष्ठ १९,२०८०

      काठमाडौं । नेपाली फिल्म सग सम्बन्धित आठ संघसंस्थाले राष्ट्रिय चलचित्र उद्योगलाई तत्काल बजेट विनियोजन नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले हालै ल्याएको आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यप्रति आपत्ति जनाउदै तत्काल बजेट विनियोजन नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन ।

      चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, आदिवासी जनजाति चलचित्रकर्मी महासंघका अध्यक्ष अमृत सुनुवार, नृत्य संघका अध्यक्ष जनक कार्की, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

      राष्ट्रिय चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने अहिलेको अवस्थामा धरासायी हुने गरी बजेटमा उपेक्षा गर्नु सरकार उद्योगप्रति उत्तरदायी र जिम्मेवार नरहेको विज्ञप्तिमा उल्लेख छ । फिल्मको प्रवद्र्धन र श्रमजीवी चलचित्रकर्मीलाई रोजगारीको प्रत्याभूति हुने वर्तमान समयमा सरकार पन्छिन चाहेको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d