जेष्ठ ३१,२०८१ / ०७ : ४१ पूर्वान्ह / 2024-06-13 07:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      मिस नेपाल २०२३ का लागि आवेदन खुला

      - १ वर्ष अगाडि
      माघ २०,२०७९

      काठमाडौं, द हिडेन ट्रेजर मिस नेपालले – २०२३ को आवेदन खुलाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्रा शुभारम्भ गर्न गइरहेको जानकारी दिए ।

      उनले मिस नेपाल २०२३ को फाइनल प्रतियोगिता दुई हजार आठ सय दर्शकको क्षमता भएको ललितपुरको गोदावरीस्थित सनराइज कन्भेसन सेन्टरमा हुने बताए।

      यस्तै, निर्देशक प्रमोद कंशाकारले यस कार्यक्रमअन्तर्गत प्रत्यक्ष एवम् अप्रत्यक्षरुपमा जोडिएका विभिन्न व्यावसायिक तथा प्राविधिक साझेदार संस्थाबारे जानकारी गराउनु हुँदै न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित युवतीले आवेदन दिनसक्नु हुने बताएका छन्। यस्तै, इच्छुक आवेदकसँग नेपाली नागरिकतासहित नेपाली राहदानी हुनुपर्ने प्रावधान पनि राखिएको छ । 

      कार्यक्रममा यसअघि ‘मिस नेपाल इन्टरनेशनल २०२२’ को उपाधि जितेकी न्यान्सी खड्का, ‘मिस नेपाल अर्थ २०२२’ को उपाधि जीतेकी डा। सरिशा श्रेष्ठ र ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि जितेकी प्रियङ्का रानी जोशी गरी तीन जनाले मिस नेपालमा सहभागी भएका थिए ।

      आयोजकले देशका सातै प्रदेशमा अडिसनको मिति तोकेको छ । काठमाडौं अडिसन मार्च १८ मा साझेदार होटेल बुढानीलकण्ठस्थित केजीएच पार्क भिलेजमा हुनेछ । त्यस्तै, इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीको क्षेत्रीय अडिसन मार्च १५ गतेभित्रै हुने जनाइएको छ । यसको स्थान र मिति पछि घोषणा गरिनेछ । 

      कार्यक्रममा मिस नेपाल प्रतियोगिताका मुख्य प्रायोजक डाबर बाटिका मिस नेपालका अभय गोर्खाली, सहप्रायोजक संस्थाका प्रतिनिधित्व सदस्यहरूको पनि आतिथ्यता थियो । 

        सम्बन्धित समाचारहरु