काठमाडौं, ‘अमेरिकी द भ्वाइस’ की प्रतिभाशाली प्रतियोगी पारिजिता बाँस्तोलाले सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
सोमबारको प्रस्तुतिपछि उनी अगाडि बढ्दै शीर्ष ८ मा पुग्न सफल भएकी हुन् । मङ्गलवार उनको नाम शीर्ष आठमा पुगेको घोषणा भएको हो ।
नोभेम्बर २९ मा भएको घोषणामा २ जना बाहिरिएका छन् । पारिजिताले गायिका एलेसिया काराको ‘स्कार्स टु योर’ ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् । उनले आफ्नो गीत पारिजिताले गाएपछि बधाई दिएकी छिन । उनले परिजिताको प्रस्तुतिलाई सुन्दर र शानदार भन्दै प्रशंसा गरेकी छिन् ।
यस अघिका चरणमा उत्कृष्ट प्रस्तुति दिँदै आएकी पारिजितालाई विश्वभर छरिएर रहेका नेपाली तथा विदेशीहरुले मत दिएको कारण सेमिफाइनल प्रवेश गरेकी हुन् ।
पारिजितालाई थुप्रै नेपाली कलाकारहरुले समर्थन गरि सकेका छन् । उनलाई जिताउन नेपालका चर्चित कलाकारहरूको साथ र सहयोग पनि रहेको छ ।