मंसिर २०,२०७९ / १२ : १२ अपरान्ह / 2022-12-06 12:12 pm

        चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

        - ३ हप्ता अगाडि
        कार्तिक २६,२०७९

        काठमाडौं, नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच शुक्रबार ट्रेलर सार्वजनिक भएको हो ।

        यसअघि बेलायत र क्यानडामा प्रदर्शन भइसकेको चलचित्र ‘सोल अफ द कमाण्डो’ मा खेलाडी राजकुमार राईले अभिनय गरेका छन् । चलचित्र ‘सोल अफ द कमाण्डो’ नेपालमा भने पहिलो पटक फिल्म प्रदर्शनमा आउन लागेको हो । नेपालमा भने मंसिर २३ गतेबाट रिलिज हुनेछ ।

        एक्शन जनारामा निर्माण गरिएको  चलचित्र नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको छ ।

        युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो फिल्म रवि थापा, धन लिम्बू र मिलन राईले निर्माण गरेका हुन् । एक गोरखा आर्मीको संघर्षलाई फिल्मको कथावस्तु बनाइएको छ । फिल्मको प्रस्तुतकर्ता विजया राई हुन् ।

        चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बू, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बू, सीमा राई, नरेन लिम्बू र पूर्ण लिम्बूले अभिनय गरेका छन् । 

          सम्बन्धित समाचारहरु