मंसिर २०,२०७९ / ०२ : १० अपरान्ह / 2022-12-06 02:10 pm

        पल शाहविरुद्धको जबरजस्तीकरणीको मुद्दा फैसलाको पूर्णपाठ सार्वजनिक

        - एक हप्ता अगाडि
        असोज ७,२०७९

        अभिनेता पल शाहविरुद्धको जबरजस्तीकरणीको मुद्दामा नवलपुर जिल्ला अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

        जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नाबालिकामाथि जबरजस्तीकरणीको मुद्दामा पललाई सफाइ दिएको थियो । तर, बाल यौन दुरुपयोगमा शाहलाई दोषी ठहर गर्दै अदालतले साढे दुई वर्षको कैद सजाय र नाबालिकालाई १० लाख रुपैया जरिबाना दिन भनेको थियो । 

        “अभियोजन पक्षले अभियोग दायर गरेपछि आफूले दायर गरेको अभियोग शंकारहित तवरबाट पुष्टि गर्नु पर्दछ,“ आदेशमा भनिएको छ ।

        फैसलामा प्राप्त सबुत र प्रमाणबाट शाह र नाबालिकाबीच यौन सम्बन्ध स्थापित भएको मान्न नसकिने उल्लेख छ ।

        तर प्रमाणका रूपमा प्राप्त भएका अडियो र मेसेजहरूलाई हेर्दा पल शाहले नाबालिकासँग प्रेमको सम्बन्ध कायम गरी, यौनजन्य अस्वाभाविक व्यवहार देकाएको अदालतको निष्कर्ष छ । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ (२) बमोजिम बालयौन दुरुपयोगको कसुर गरेको ठहर्‍याइएको छ ।

          सम्बन्धित समाचारहरु