वैशाख २,२०८३ / ०९ : ०४ पूर्वान्ह / 2026-04-15 09:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      बलिउड अभिनेत्री सुफिया सिद्दीकीले नेपाली फिल्ममा अभिनय गर्ने

      - ३ वर्ष अगाडि
      भाद्र २९,२०७९

      बलिउड अभिनेत्री तथा मोडल सुफिया सिद्दीकीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् । 

      उनले फिल्म ‘सायरा’ मार्फत नेपाली फिल्म डेब्यु गर्न लागेकी हुन् । ‘सायरा’ मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच घोषणा भएको फिल्म हो । कार्यक्रममा फिल्ममा मुख्य अभिनेत्रीको सुफिया सिद्दीकी फाइनल भएको जानकारी दिइएको छ । 

      सिद्दीकी अहिले बलिउडमा छिन् । फिल्म घोषणा कार्यक्रममा उनी उपस्थित नभएपनि उनको भिडियो सन्देश देखाइएको थियो । सन्देशमा उनले कार्यक्रममा आफु उपस्थित हुन नपाउदा दुःख ब्यक्त गर्दै नेपाली फिल्म अभिनय गर्न उत्साहित रहेको बताएकी थिइन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d