बलिउड अभिनेत्री तथा मोडल सुफिया सिद्दीकीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् ।
उनले फिल्म ‘सायरा’ मार्फत नेपाली फिल्म डेब्यु गर्न लागेकी हुन् । ‘सायरा’ मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच घोषणा भएको फिल्म हो । कार्यक्रममा फिल्ममा मुख्य अभिनेत्रीको सुफिया सिद्दीकी फाइनल भएको जानकारी दिइएको छ ।
सिद्दीकी अहिले बलिउडमा छिन् । फिल्म घोषणा कार्यक्रममा उनी उपस्थित नभएपनि उनको भिडियो सन्देश देखाइएको थियो । सन्देशमा उनले कार्यक्रममा आफु उपस्थित हुन नपाउदा दुःख ब्यक्त गर्दै नेपाली फिल्म अभिनय गर्न उत्साहित रहेको बताएकी थिइन् ।