जेष्ठ ४,२०७९ / ०९ : ५९ अपरान्ह / 2022-05-18 09:59 pm

        हल-हलमा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन सुरु

        - ३ हप्ता अगाडि
        फागुन १३,२०७८

        ‘म यस्तो गीत गाउँछु २’ आज शुक्रबारदेखि अल नेपाल रिलिज हने भएको छ। कोरोना महामारीका कारण पटक-पटक प्रदर्शन अड्किएको फिल्मले निर्माण सकिएको २ वर्षपछि प्रदर्शनको अवसर पाएको हो । कोरोनाले शिथिल अवस्थामा पुगेको फिल्म क्षेत्रलाई यो फिल्मले पूर्नजीवन दिने अपेक्षा गरिएको छ । सुख्खा भएका हलहरुमा दर्शक फर्काउने आश गरिएको छ । 

        हलिउड फिल्म ‘अनचार्टेड’, बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ र साउथको हिन्दी डब ‘भलीमई’ का बावजूद फिल्मले काठमाडौं र मोफसलका मल्टीप्लेक्सहरुमा ठूलो शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रवार २५ शो र शनिवार २७ शो बाँडेको छ । साँझसम्म शनिवारका लागि शोमा थप वृद्धि हुने निर्माण टिमको विश्वास छ ।

        स्टारकास्ट र गीतसंगीतका कारण दर्शकमाझ प्रतिक्षति बनेको फिल्मले प्रदर्शनको पहिलो हप्तामा नै शनिवारबाहेक दुईवटा सार्वजनिक विदा पाएको छ । फागुन १७ गते महाशिवरात्री र १९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा भएकाले यसको फाइदा फिल्मले राम्रैसँग उठाउने देखिन्छ । सार्वजनिक विदामा आश गरिएका फिल्मको व्यापारमा उछाल आएको धेरै उदाहरण छन् । 

        बुधवार राजधानीमा भएको प्रिमियरमा वाहवाही बटुलेको फिल्मले एक सुपरस्टार गायक र एक नवोदित गायिकाबीचको प्रेमकथा भन्छ । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर अधिकारी, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको मुख्य भूमिका छ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ । 

          सम्बन्धित समाचारहरु