कलाकार जयनन्द लामाको निधन भएको छ । आज बिहान निधन भएको कलाकाहरूले बताएका छन् ।
कलाकार शिवहरी पौडेलले लेखेका छन् 'स्तव्ध छु मेरो प्यारो जयनन्द लामा दाजु, संधै सम्झीरहनेछौ हजुरलाई ।योभन्दा वडी केही लेख्नै सकिन् । हे भगवान के भयो यो ।'
त्यस्तै अर्का कलाकार मरिचमान श्रेष्ठले पनि भावुक स्टाटस लेख्दै भनेका छन्,'जिन्दगी के नै रैछ र दाई..स्वोर्गमा बास होस् दाई'
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।
उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।