काठमाडौं । रचनाकार सरला श्रेष्ठको ‘दुनियाँ नै भुल्दछु म तिम्रो सामु पुगेपछी’ भन्ने बोलको गीत सार्वजनिक भएको छ।
तिमी धैर्य लिएर बाँच प्रिय भन्ने युगल गीत पछि आज (सोमबार) ‘दुनियाँ नै भुल्दछु म तिम्रो सामु पुगेपछी’ बोलको अर्को युगल गीत सार्वजनिक गरिएको हो।
प्रविन बेड्वाल र बानिका प्रधानको आवाजमा सजिएको यस गीतमा संगीतकार नारायण ओलीको संगीत रहेको छ।
लाईभ म्युजिकल इन्स्टुमेट राखेर गायक/गायिकाले प्रत्यक्ष गाएको संगीतकार र रचनाकारको यो दोस्रो गीत हो। गीतमा एक अर्काको भावना पोखिएका छन्।