लोकपप गायक सुनील गिरीको नयाँ गीत ‘को होला त्यो २’को फिमेल भर्सन ‘तिमी आउँछौ कि भनी’को भिडियो सार्वजनिक भएको छ ।
हिजो (शुक्रबार) गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट यो भिडियो सार्वजनिक भएको हो ।
यस गीतमा शब्द, संगीत गायक गिरीकै रहेको छ । गायिका सुमन गुरुङको स्वर रहेको यस गीतका एरेन्ज गोपाल रसाइली हुन् ।
पल शाह र कृष्टिना थापाको अभिनय रहेको भिडियोमा प्रेमीकाले आफूले औधी माया गरेका प्रेमीको पर्खाइ र सम्झनामा बितेका दिनहरुलाई निर्देशक अनिल के मानन्धरले प्रस्तुत गरेका छन् ।
भिडियोको छायांकन निर्देशक अनिलले नै गरेका हुन् भने सम्पादन र कलरिङ मनोज कार्कीको रहेको छ ।