कोरोना महामारीले रोकिएको विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनालीमा ४० जना प्रतिस्पर्धीले मात्र सहभागिता जनाउन पाउने भएका छन् ।
मिस वर्ल्डले आज सार्वजनिक गरेको सूचीअनुसार यसअघि नै सेमिफाइनलमा पुगेका र निर्णायकले छनौट गरेका २५ सहित ४० जना प्रतिस्पर्धीलाई मात्र फिनालीमा सहभागी गराइने भएको छ । उक्त सूचीमा यसअघि नै अन्तिम ३० मा प्रवेश गरेकी मिस नेपाल नम्रता श्रेष्ठ पनि छिन् ।
नम्रतालाई हेड टु हेड च्यालेन्जबाट मात्र छानिएको जनाइएको छ ।करिब ९७ प्रतिस्पर्धीमध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फिनालीमा सहभागी गराइन बताइएको छ ।
यसका साथै उक्त फिनालीमा निम्तो नगरिएका प्रतिस्पर्धीलाई भने भर्चुअलरुपमा सहभागी गराइने भएको छ ।
फिनालीमा भाग लिन निम्तो दिइएहरु भने मार्च १२ मा अमेरिकाको पुएर्तो रिकोमा पुग्नुपर्नेछ ।
मार्च १६ मा ७० औं मिस वर्ल्डको ग्रान्ड फिनाली हुनेछ । मार्च १७ मा ब्यूटी विथ पर्पसको विशेष इभेन्ट हुनेछ भने मार्च १८ मा सहभागी स्वदेश फर्कनेछन् ।