AP1 टेलिभिजन मा जारि तेस्रो सिजनको नेपाल आइडल मोरंग कि सज्जा चौलागाईले जितेकी छिन, उनले जित संगै नगद रु ५० लाख जितेकी छिन |
प्रविन बेडवाल द्रोस्रो हुदै नगद १० लाख जितेका छन् भने किरण कुमार भुजेल तेस्रो हुदै नगद रु ५ लाख जितेका छन् |
नेपाल आइडल टिममा एकजनालाई कोरोना पोजेटिभ आएपछी यो पटकको नेपाल आइडल फिनाले मा पहिलै छायांकन गरेको प्रस्तुति देखाएर अन्तिममा नाम मात्र घोसणा गरिएको थियो |
नेपाल आइडल पहिलो सिजन बुद्ध लामाले जितेका थिए भने दोस्रो सिजन रवी ओडले जितेका थिए |








