असार ११,२०७८ / ०३ : १७ अपरान्ह / 2021-06-25 03:17 pm
      • Salt Trading

      २४ घण्टामै युट्युव ट्रेन्डिङको पहिलो स्थानमा दुर्गेश थापाको ‘आलु जस्तो गायक’ (भिडियोसहित)

      - १० महिना अगाडि
      भाद्र ६,२०७७

      बागलुङ, पछिल्लो पुस्ताका लोकप्रिय कलाकार दुर्गेश थापालाई दुई सफलता एक साथ मिलेको छ। टेलिभिजन अन्तर्वार्तामा अग्रज कलाकारको गीत गायन र नामका विषयमा चिप्लिंदा तीव्र विवाद र आलोचना खेपेका थापाले ‘आलु जस्तो गायक’बोलको गीतबाट उक्त प्रकरणबारे स्पष्ट पार्न खोजेका छन्। 

      इनाक्टी इन्टरटेन्मेटको युट्युव च्यानलबाट सार्वजनिक गीत ‘आलु जस्तो गायक’ २४ घण्टामै युट्युव ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ। यो गीत युट्युव ट्रेन्डिङको नम्बर १ मा पुग्दा हरितालिका तीज लक्षित गरेर हालै सार्वजनिक गरिएको बीच बीचमा–२ गीतले १ करोड भ्यूज पाएको छ। थापाको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गीत शनिबार बिहानसम्ममा १ करोड २४ हजारले हेरेका छन्। 

      पछिल्ला दुई गीतमा श्रोता दर्शकले देखाएको अपार माया र सद्भावबाट निकै उत्साहित भएका गायक थापाले बताए। गीतको शब्द संगीतसँगै म्युजिक भिडियोलाई पनि धेरैले रुचाएका छन्। अग्रज कलाकारको सुझाव सहितको भनाइबाट आरम्भ गरेको भिडियोमा अहिलेका चल्तीका नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय छ। ‘हो हो माले भन्ने मान्छे गायक भो बबाल’ भन्ने गीतको वाक्यांशलाई लिएर भने केहीले प्रश्न र चिन्ता व्यक्त गरेका छन्। यद्यपी गायक थापाले आफुलू अग्रजहरुको सदैव सम्मान गर्ने र अपमान गर्ने नियतले गीत तयार नगरेको स्पष्ट गरेका छन्। 

        सम्बन्धित समाचारहरु