असोज ६,२०७७ / ०७ : ३० पूर्वान्ह / 2020-09-22 07:30 am
      • Salt Trading

      नेपालमै पहिलो पटक अपांगता प्रतिभा अवार्ड २०२० हुदै

      - २ हप्ता अगाडि
      श्रावण २२,२०७७

      काठमाडौं, नेपालमै पहिलोपटक फरक क्षमता (अपांगता)भएका व्यक्तिहरुका लागि अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ ।

      बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दे दिव्यज्योति फाउण्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमि काठमाडौको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको जानकारी दिइएको हो । प्रतियोगिताको लागि भदौ २७ गते प्रदेश ३ को चितवन र काठमाडौंमा प्रतिभा छनोट हुने छ । प्रतियोगिताका लागि देशका सातै वटा प्रदेशका मुख्य शहरहरु विर्तामोड, इटहरी, जनकपुर, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीबाट फरक क्षमता भएका विभिन्न विधाका प्रतिभा छनौट गरीने आयोजकले जनाएको छ । सातै प्रदेशबाट छनौट भएका विभिन्न विधाका प्रतियोगीहरुको फाइनल भने काठमाडौंमा हुनेछ । 

      प्रतियोगीतामा नृत्य, गायन र चित्रकलाका विधामा प्रतिष्पर्धा गरिनेछ । जसमध्ये उत्कृष्ट हुने प्रतियोगीले उपाधि जित्नुका साथै नगद रु एक लाखसहित मुस्ताङ् भ्रमणको मौका पाउने छन् । यस्तै दृतिय र तृतीय विजेताले नगद पुरस्कारका साथै आकर्षक पुरस्कार पाउने छन् । प्रतिभा कार्यक्रमको संयोजक र व्यवस्थापन अपांग विश्व साइकल यात्री चित्र पौडेल र रस्मी शाक्यले गर्ने भएका छन् । समूह व्यवस्थापन युनिक भिजक इन्टरटेनमेन्ट र लायन्स क्लब अफ काठमाडौं, राइजिङ ड्रिमले गर्ने छन । 

      विधमान कोरोना महामारीको जोखिमपूर्ण परिस्थितीलाई ध्यानमा राख्दै, सामाजिक दुरी कायम गरी कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको बारेमा फेसबुक पेज म्षाभचभलतथि बदभिम तबभिलत द्दण्द्दण् मा गएर विस्तृत जानकारी लिन सकिनेछ ।

        सम्बन्धित समाचारहरु