काठमाडौं, गायक दुर्गेश थापाले ‘बीच बीचमा २’ सार्वजनिक गरेका छन् । यस वर्ष पनि तीजलाई लक्षित गर्दै यस गीत सार्वजनिक गरिएको छ । गत वर्ष ‘बीच बीचमा’ गीत सर्वाधिक हिट भएको थियो ।
‘एउटा फोटो खिच्’ बोलको यस गीतमा कोरोनाका कारण यस वर्षको तीज मनाउन नपाइएको कुरा समेटिएको छ । दुर्गेश थापाकै संगीत रहेको गीतमा गीतमा दुर्गेश थापा, राम खत्री,राजन कार्कीको शब्द सुन्न सकिन्छ । शिव बिकको निर्देशनमा बनेको भिडियोमा दुर्गेश थापा, जीवन सहानी क्षेत्री, जिवी चिरन, सारिका केसी, अस्मिता जुरेली, दीपशा विसी, टिका जैशी, सविता राई, इनि बिष्ट, शिल्पा खड्का लगायतको अभिनय रहेको छ । अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।