वैशाख १७,२०८१ / ०२ : ११ अपरान्ह / 2024-04-29 02:11 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न

      - ९ महिना अगाडि
      श्रावण ९,२०८०

      विराटनगर, जेसी बाल सदन माविको  आयोजनामा ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ ।

      विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीसित छात्राहरुले अन्तरक्रिया गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाउन आग्रह गरेकी छिन् । उनले भनिन, “तपाईंहरुलाई कुनै समस्या भए शिक्षकलाई भन्नुहोस्, शिक्षकलाई भन्न सक्नु भएन भने घरमा अभिभावकलाई भन्नुहोस् अनि अभिभावकलाई पनि भन्न सक्नु भएन भने मलाई भन्नुहोस् महानगरपालिका तपाईंहरुको सधैं साथमा रहनेछ ।”

      छात्राहरुको जस्तोसुकै समस्या समाधान गर्न महानगर तयार रहेको उनले बताइन । उपमेयर कार्कीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरुलाई साथी नबनाउनसमेत आग्रह समेत गरिन । सामाजिक सञ्जालमार्फत साथी बनेर अनैनिक कार्य गरेको पनि पाइने गरेको उनको भनाइ थियो ।

      उद्घाटन समारोहपछि उपमेयर कार्कीले अन्य कर्मचारी र शिक्षकलाई बाहिर पठाएर छात्राहरुसित मात्रै हलभित्र अन्तरक्रिया गरेकी थिइन । उपमेयर कार्कीले छात्राहरुले खुलेर आफ्ना समस्या राखेको सुनाइन । “त्यस्तो जटिल किसिमको समस्या त आएको छैन,” उनले भनिन, “तर छात्राहरुले खुलेर आफ्ना मनका कुरा राख्नुभयो ।” कार्यक्रममा विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईं, महानगरको शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्मालगायतले मन्तव्य व्यक्त गरेकी थिइन  ।

        सम्बन्धित समाचारहरु