वैशाख ६,२०८१ / ०९ : ४५ अपरान्ह / 2024-04-18 09:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आगामी जेठ २१ देखि नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारसंग माग [विज्ञप्ति सहित]

      - ३ वर्ष अगाडि
      जेष्ठ १६,२०७७

      काठमाडौं, निजी विद्यालयहरुले सरकारसंग जेठ २१ गते बाट नयाँ शैक्षिकसत्र सुरु गर्न आग्रह गरेका छन् । सामाजिक दूरी कायम राखी आगामी जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन् ।

      प्रेस विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ नेपाल, संस्थागत विद्यालय अभिभावक संघ र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारलाई आग्रह गरेका हुन् । 

      ‘सामाजिक दूरी कायम राखी आगामी जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न र शिक्षक कर्मचारीहरु विद्यालयमा उपस्थित भई नयाँ शैक्षिक सत्रका लागि योजना बनाउनुने लगायतका काम सुरु गर्ने  विज्ञप्तिमा उल्लेख गरीएको छ ।

      /pagegallery/2020052921.jpg

      /pagegallery/2020052929.jpg

        सम्बन्धित समाचारहरु