वैशाख ७,२०८३ / ०९ : १५ पूर्वान्ह / 2026-04-20 09:15 am
      • param ad
      • furniture
      • veera Incorporation

      शिक्षामा १ खर्ब ७१ अर्ब बजेट विनियोजन यस्तो छ कार्यक्रम

      - ५ वर्ष अगाडि
      जेष्ठ १५,२०७७

      काठमाडौं, सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । 

      अर्थ मन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ अनुमानित आयव्याय प्रस्तुत गर्दै कोभिड(१९ का कारण विद्यार्थीमा परेको मनोसमाजिक असर निवारण गर्न सकारात्मक सोचसहित सिर्जनशीलता विकासका क्रियाकलाप सञ्चालिन गरिने जानकारी दिए ।

      कोरोना महामारीका कारण शैक्षिक क्षेत्र प्रभावित भएपछि भर्चुल शिक्षालाई जोड दिँदै सरकारले बजेट छुट्याएको छ ।  

      सरकारले  विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड छुट्याएको छ । सरकारले सेतो छडी र ब्रेललिपीको पाठ्यक्रम निशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

      ४६ लाख छात्रछात्राका लागि आवश्यक पाठ्यपुस्तकका लागि २ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ । ४३ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा बिस्तार गरिने भएको छ ।

      गत वर्षको भन्दा ८ अर्ब बढी हो । चालु आर्थिक वर्षका लागि शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।

      यो वर्ष एक हजार ८०० विद्यालय भवन तथा ३८ आंगिक क्याम्पस भवन, २ हजार ५२० कक्षा कोठा स्थापना गर्न रकमको व्यवस्था गरिएको अर्थमनत्रीले जानकारी दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d