भाद्र १,२०७९ / ०५ : ०७ पूर्वान्ह / 2022-08-17 05:07 am

        अब यही शैक्षिक सत्रबाट कक्षा एकदेखि संस्कृत पढाइ हुने

        - २ वर्ष अगाडि
        वैशाख २४,२०७७

        काठमाडौं, विद्यालय तहमा  सरकारले  कक्षा एकदेखि नै संस्कृत विषयको पठनपाठन सञ्चालन गर्ने भएको छ ।  यो विषयको पढाइ यही शैक्षिक सत्रदेखि नै सुरु गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

        शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रमको स्वीकृति दिएको छ । यो पाठ्यक्रम विज्ञको सहयोगमा बनाएर केन्द्रले स्वीकृति दिएको हो । स्थानीय पाठ्यक्रमको रुपमा इच्छुक स्कुलले सोही पाठ्यक्रमलाई आधार मानेर संस्कृतको पढाइ सञ्चालन गर्न सक्ने केन्द्रले जनाएको छ । संस्कृत विषयको नाम अस्माकम संस्कृत (हाम्रो संस्कृत) दिइएको छ ।

        कक्षा चारदेखि ८ सम्म संस्कृत विषयको यसअघि पढाइ हुन्थ्यो । तर तत्कालिन माओवादीको द्वन्द्वका क्रममा कार्यकर्ताले स्कुल छिरेर संस्कृत विषयको पुस्तक च्यात्दै शिक्षकलाई समेत कक्षामा प्रवेश गर्न नदिने अभियान सञ्चालन गरेपछि पढाइ बन्द भएको थियो ।

          सम्बन्धित समाचारहरु