भाद्र १,२०७९ / ०३ : ५२ पूर्वान्ह / 2022-08-17 03:52 am

        तत्काल विद्यार्थी भर्ना र शुल्क नलिन सरकारको आग्रह (विज्ञप्ति सहित)

        - २ वर्ष अगाडि
        वैशाख २२,२०७७

        काठमाडौ, दिनप्रतिदिन कोरोनाबाट संक्रमण हुनेको संख्या बढीरहेको बेला सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ ।

        सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिन भनिएको छ ।

        विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नबढोस भनेर लामो समय देखि देश लकडाउनमा छ । जसले गर्दा र शिक्षाक्षेत्रमा ठुलो असर पुगेको छ ।

        हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कक्षा वा नयाँ भर्ना नगर्न, नगराउन, साथै भर्ना र अनलाइन कक्षाको नाममा शुल्क नलिनसमेत बिज्ञप्तीमा उल्लेख गरीएको छ । 

        विद्यार्थी भर्ना सुरु गर्न निजी विद्यालयले दबाब दिँदै आएका थिए । २५ वैशाखपछि भर्ना प्रक्रिया अगाडि बढाउने तयारी गरेको भन्दै चौतर्फी विरोध भएको थियो ।

        /pagegallery/2020050491.jpg

        /pagegallery/2020050491.jpg

          सम्बन्धित समाचारहरु