काठमाडौं,शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सातै प्रदेशका सामाजिक तथा सुरक्षामन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन्। बिहीबार भएको कन्फरेन्समा एसइई तथा कक्षा ११ र १२ को परीक्षाबारे छलफल भएको थियो।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार लकडाउन लम्बिए परीक्षा तथा शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल भएको थियो। शर्माले एसइई र कक्षा ११ र १२ को परीक्षा पर्याप्त समय दिएर गरिने बताए ।








