वैशाख ७,२०८३ / ०९ : १४ पूर्वान्ह / 2026-04-20 09:14 am
      • param ad
      • furniture
      • veera Incorporation

      एसइई दिने विद्यार्थीलाई कसैले छुन नपाउने

      - ६ वर्ष अगाडि
      चैत ४,२०७६

      काठमाडौं, यस वर्षको एसइई परीक्षामा सामेल हुने विद्यार्थीलाई परिक्षा केन्द्रमा कसैले छुन नपाउने भएका छन् ।

      कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाउदै परीक्षा केन्द्रमा आउने परीक्षार्थी लाई कसैले पनि नछुन केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ ।

      काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा एसइई परीक्षाका केन्द्राध्यक्षलाई सोमबार दिइएको अभिमुखीकरण तालिममा कोरोना संक्रमणको जोखिमबाट बच्न परीक्षा केन्द्रमा आउने परीक्षार्र्थीलाई कसैले पनि नछुन निर्देशन दिइएको हो ।

      परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुन लगाएर वा सेनिटाइजर प्रयोग गर्न लगाउन पनि केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ।

      यस्तै परीक्षा हलभित्र विद्यार्थीलाई एक मिटरको दूरीमा मात्र बस्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। ५ फिटको बेन्चमा दुई र तीन फिटको बेन्चमा एकजना परीक्षार्थीमात्र बस्ने व्यवस्था गर्न सरकारले निर्देशन दिएको हो ।

      परीक्षा केन्द्रमा कुनै परीक्षार्थीलाई ज्वरो आएमा वा रुघाखोकी लागेको फेला परेमा स्वास्थ्य परीक्षण गरी छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

      चैत ६ गते सुरु भई १७ गते सकिने परीक्षामा यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदैछन्। उनीहरुका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d