भाद्र १,२०७९ / ०३ : ३६ पूर्वान्ह / 2022-08-17 03:36 am

        फेकन मा सर्वसम्मत हुने सम्भावना बढ्यो

        - २ वर्ष अगाडि
        फागुन १७,२०७६

        स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल को आगामी चैत्र २९ मा हुन गईरहेको बार्षिक साधारण शभा बाट नयाँ कार्यसमितिको चयन हुन गईरहेको छ । अध्यक्षका उम्मेदवार बासु नेपाल अहिलेसम्मका एक्ला दाबेदार देखिएका छन् । तथापि स्वयम् उनले नभने पनि केहिले भुपाल तामांग पनि उम्मेदवार भनी चर्चा गरेका छन्। 

        बासु नेपाल वर्तमान कार्यसमिति भन्दा अघिल्लो कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुनभने भुपाल बर्तमान कार्यसमितिमा महासचिब छन् । केहि व्यक्ति हरुको आकलन भएतापनि स्वयं भुपाल यो मर्यादित चुस्त ब्यबसायिक संस्था भएकोले चुनाबी प्रतिस्पर्धा गरि गराई संस्थाको छबी लाई खस्किन दिन हुन्न भन्ने मान्यता राख्छन भन्ने धेरैको अनुमान छ । यसै सेरोफेरोमा उनले संस्थालाई बलियो बनाउन एउटा पद्धतिको निरन्तरता को लागि यसपटक संस्थाको स्थापना कालदेखिनै निरन्तर लागिपरेर योगदान गरेका, बिगत मा यहि परम्परा कायम गर्न आफनो दाबेदारी छोडी युबराज कटवाल लाई सहयोग गरेका उनै बासु नेपाल लाई सहयोग गर्ने आंकलन गर्ने हरुको बाहुल्यता देखिन्छ । जसको कारण अर्को कार्यसमितिमा उनि आफैं सर्वसम्मत हुने धेरैको ठम्याई छ । 

        हुन पनि ब्यबसायिक तेस्ता धेरै वटा संघ मध्येको यो एउटा त्यस्तो संगठन हो जसको नेतृत्व हालसम्म सर्वसम्मत नै हुँदै आएको छ । बिध्यार्थिहरुलाई बिदेश अध्ययनको लागि परामर्श दिने ब्यबसायिक हरुको छाता संगठन मध्येको  यो दोस्रो  ठुलो सस्थां र मुद्धा उठान को आधारमा पहिलो ठुलो संगठन भएकोले यसको भाबी बाटो मर्यादित र सुब्यबस्थित हुने आकलन गर्न सकिन्छ ।  

        यहि संघ को जस्तै गरि गत पौष महिनामै परामर्श ब्यबसायिहरुको अर्को संघ ईक्यान को सर्वसम्मत नेतृत्व चयन भैसकेको छ ।

          सम्बन्धित समाचारहरु