श्रावण २४,२०७९ / १२ : ५९ अपरान्ह / 2022-08-09 12:59 pm

        कामको समान ज्याला पाउनुपर्ने माग सहित पोखराका आशिंक प्राध्यापकहरु आन्दोलित

        - २ वर्ष अगाडि
        माघ ८,२०७६

        पोखरा, पृथ्वीनारायण क्याम्पस पोखराका आशिंक प्राध्यापकहरु आन्दोलित भएका छन् । लामो समयदखि अभ्यापनरत शिक्षकहरुले समान कामको समान ज्याला पाउनुपर्ने माग सहित उनीहरु आन्दोलनमा उत्रिएका हुन । गत पुस २९ गतेदेखि आन्दोलनरत पृथ्वीनारायण क्याम्पस पोखराका आशिंक प्राध्यापककहरुको समस्यालाई समाधान गर्न क्याम्पसले कुनै ठोस कदम नचालेको भन्दै क्याम्पस प्रमुख डा. चन्द्रबहादुर थापाको कार्यकक्षमा आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी नै गरेकाछन्  ।

         आंशिक शिक्षकहरूको संघले करार सेवामा नियुक्त गर्न हालसम्म कुनै पनि कदम नचालेको भन्दै आफुहरुले यसअघि क्याम्पस सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी गरी ज्ञापनपत्र पेश गरेको र आइतवार क्याम्पस प्रमुखको कार्यक्रक्षमा अनिश्चितकालीन तालाबन्दी गर्नु परेको उनीहरुको भनाई छ । लामो समयदखि अभ्यापनरत शिक्षकहरुले समान कामको समान ज्याला पाउनुपर्ने माग आंशिक शिक्षकहरूको संघको रहेको छ ।

        यता,क्याम्पस प्रशासनले विगत १४ वर्षदेखि अध्यापनरत प्राध्यापकलाई सामान्य मजदुरभन्दा कम ज्यालादारीमा काम गराइरहेको प्रति प्रध्यापकहरुको आपत्ति छ । क्याम्पसमा १४ वर्ष अघिदेखि आंशिक प्राध्यापकको समस्या यथावत छ । यी समस्या त्रिभुवन विश्वविद्यालय स्वयमले निम्त्याएकोले यसको समाधान गर्न त्रिभुवन विश्वबिद्यालय र नेपाल सरकारले पहल गर्नु पर्ने नेपाल प्रगतिशील प्राध्यापासघंको भनाइ छ । 

        हाल २ सय १४ आंशिक प्राध्यापक विभिन्न संकायमा रहेका छन ्। एक पिरेड पडाए वापत उनीहरुले रु. ३९७ का दरले पारिश्रमिक पाउने व्यवस्था छ  । 

          सम्बन्धित समाचारहरु