वैशाख ८,२०८१ / ०३ : ३० पूर्वान्ह / 2024-04-20 03:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      बालबोध मा.वि.मा सम्मान तथा तीज बिशेष कार्यक्रम सम्पन्न

      - ४ वर्ष अगाडि
      भाद्र १७,२०७६

      शिक्षा नै बिकास को मूल आधार हो भन्ने मूल नारासहित स्थापित तथा सामाजिक कार्यमा सक्रिय संस्था घाँसी आदर्श समाज नेपाल (घाँसी नेपाल) लाइ श्री बाल बोध माध्यमिक बिद्यालय नागार्जुन -८ भिमढुङ्गा ले सम्मान गरेको छ । 

      बिद्यालय द्वारा आयोजित सम्मान तथा तीज बिशेष कार्यक्रममा विभिन्न सहयोगी संस्थाहरुलाई सम्मान गरिएको हो । महाभूकम्प २०७२  को कारण विध्यालयको भवन पूर्ण रुपमा क्षति भएको अवस्थामा घांसी आदर्श समाज नेपालले तिन कोठे बिध्यालय भवन निर्माण गरिदिएको थियो । 

      /pagegallery/2019090373.jpg

      कार्यक्रममा बोल्दै घाँसी आदर्श समाज नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले भूकम्पले क्षत विक्षत अवस्थामा आफ्नो संस्थाले बिद्यार्थीको भविस्यलाइ मध्यनजर राखेर भवन निर्माण गरेको र सो कर्मप्रति आफुलाई गर्व महशुस भएको बताउदै आगामी दिनमा पनि आफ्नो संस्थाले गर्न सक्ने सहयोगमा सहभागी हुने इच्छा व्यक्त गर्नु भयो । 

      कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित  प्रदेश न.३ का प्रदेश सभा सदस्य केशव प्रसाद पोखरेलले सरकारको ध्यान अब बिकास निर्माण र प्रगतिमा केन्द्रित रहेको तर सरकारले मात्रै सबै कुरा गर्न समस्या परिरहेको अवस्थामा सामाजिक संस्थाको भूमिका महत्वपुर्ण रहने धारणा राख्दै घाँसी नेपाललाइ धन्यवाद सहित आगामी दिनको लागि शुभकामना ब्यक्त गर्नु भयो । 

      /pagegallery/2019090350.jpg

      सो कार्यक्रममा बिद्यालय मा छात्रवृत्ति वितरण तथा छात्रवृत्ति कोष स्थापना गर्नुहुने सहयोगी दाताहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै वि.व्या.स. अध्यक्ष गोकुल कुँवरले बिद्यालय को उन्नति र प्रगति का लागि सहयोग गर्नु हुने सबै संस्था प्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरेको बताउनुभएको थियो ।   

      /pagegallery/2019090374.jpg

        सम्बन्धित समाचारहरु