श्रावण २२,२०७९ / १० : ३० अपरान्ह / 2022-08-07 10:30 pm

        कक्षा १२ को नतिजा सन्तोषजनक देखिएन, शैक्षिक गुणस्तर खस्किएपछि शैक्षिक प्रणालीमाथि प्रश्न

        - ३ वर्ष अगाडि
        श्रावण १४,२०७६

        काठमाण्डौ, सोमबार माध्यमिक तह कक्षा १२ को नतिजाफल प्रकाशित भएको छ । नतिजा सन्तोषजनक देखिएन । तथ्यांकले पनि नेपालको शिक्षाको गुणस्तर माथि प्रश्न उठने गरेको छ । शैक्षिक गुणस्तर खस्किएपछि शैक्षिक प्रणालीमाथि नै प्रश्न उठेको छ ।

         शिक्षा क्षेत्रका लागि गरेको लगानी बालुवामा पानी जस्तै भएको छ । अहिले नेपालको शैक्षिक प्रणाली र गुणस्तरमा बारम्बार प्रश्न उठ्दै आएको छ । नेपालको शिक्षा क्षेत्रमा सरकारले  अबौ रुपैया लगानी गर्छ । तर विगत  केही वर्षयता शिक्षामा  सरकारको लगानी बालुवामा पानी सावित हुदै आएको छ ।  यसको ज्वलनत उदाहरण हालै  सार्वजनिक भएको माध्यमिक तह कक्षा १२ को नतिजा हो ।

        सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३ दशमलब छ एक देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । जबकी परीक्षामा ४ लाखभन्दा बढि विद्यार्थी सहभागि थिए । ग्रेडिङ प्रणाली औपचारिकतामा मात्रै सिमिति भएको शिक्षाविद्हरुको तर्क छ । नतिजामा नयाँ प्रणाली अपनाइए पनि अध्ययन अध्यापन र पाठ्यक्रममा सुधार नभएको भन्दै आलोचना हुने गरेको छ ।

        नेपाल अभिभावनक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने ग्रेडिङ प्रणालीबारे विद्यार्थी र अभिभावकलाई स्पष्ट पार्न नसक्नु सरकारको कमजोरी भएको बताए । नयाँ प्रणाली लागुभएपछि त झन शैक्षिक गुणस्तर खस्किएको भण्डारीको दावी छ । 

        शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पनि ग्रेडिङ प्रणालीको नतिजा राम्रो नभएको स्वीकार गरेका छन् । त्यति मात्रै होइन, मन्त्री पोखरेलले त कक्षा ११÷१२ को नतिजा राम्रो आउन अझै १० वर्ष लाग्ने घोषणा नै गरिदिए । 

        केही दसकयता लगानी र पहुँचको आधारमा नेपालले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सकेको छैन । विभिन्न प्रयास हुँदाहुँदै पनि सबैका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न राज्य असमर्थ देखिन्छ । अहिले शिक्षामा निजी क्षेत्र बढ्दो छ भने सरकारी क्षेत्र खस्कँदो छ । खस्कँदो शैक्षिक अवस्था देखेर धेरै मानिस आफ्ना बालबालिकाको भविष्यको निम्ति बरु दुःखै गरेर भए पनि निजी विद्यालयमा भर्ना गर्छन् । अरू देशमा शिक्षा क्षेत्र सरकारले सम्हालेको हुन्छ, तर हामीकहाँ अधिकांश निजी क्षेत्रले ओगटेको छ । 

          सम्बन्धित समाचारहरु