२०७२ सालबाट एलएलसी परीक्षा एसईईमा रुपान्तरित भयो । एसईईमा परिणत भएसँगै
नतिजा प्रणाली प्रक्रियामा पनि फेरबदल भयो । अकं प्रणालीबाट ग्रेडिड प्रणालीमा रुपान्तरित भएसँगै प्रणालीको नियम कानुन बनाएर थालनी गर्ने देखि सबै पक्ष अन्योैलमा परेका छन् । प्रणालीको शुरुवात भएको चार वर्ष भइसक्दा पनि ग्रेडिड प्रणालीको बारेमा बुझन सकेका छैनन न त सरोकारबालाले बुझाउन नै सकेका छन्।
नतिजा सार्वजनिक हुदै गर्दा आमअभिभावक , शिक्षक र विद्यार्थीमा अन्यौलता देखिएका छ । विश्वभरि नै शिक्षा क्षेत्रमा लागु भएको गे्रडिड प्रणाली २०७२ सालबाट नेपालमा पनि कोही विद्यार्थी फेल पनि हुदैन र सबै समान भन्ने लक्ष्यले शुरुवात गरिएको थियो । यो पाइलटिंग रुपमा ९९ वटा सरकारी प्राविधिक विद्यालयबाट सञ्चालन गरिएको थियो । तर २०७३ सालबाट नेपालभरि नै शुरुबात गरिएको थियो । यसबीचमा लाखौलाख विद्यार्थीहरुले ग्रेडिड बाट नै एसईईको नतिजा हेरिसकेका छन् । तर यस प्रणालीका नेपालमा लागु भएपनि सबै पक्षमा भने अहिले सम्म अन्यौलता कायमैै छ ।
राष्ट्रिय परिक्षा बोर्डका प्रमुख चन्द्रमणि पौडेल पनि यस प्रणालीलाई अझैसम्म पनि अभिभावक , शिक्षकलगायत सम्बन्धीतहरुलाई बुझाउन नसकेको स्वीकार गरेका छन्. । उनले नितिगत पक्ष र परिक्षा प्रणालीजस्तै तालिम मापनलगायतका दुईवटा विषयमा आफूहरु चुकेको तर्क राखेका छन् ।
शिक्षाविद डा तीर्थ पराजुलीको बुझाइमा सुरुवातमा जुन लक्ष्यका साथ ग्रेडिड प्रणाली नेपालमा भित्राइएको थियो , त्यो लक्ष्यभन्दा विपरित भएको बताएका छन् ।उनले विश्वमा हेर्ने हो भने शिक्षामा ग्रेडिड प्रणालीमा बढीभन्दा बढी अध्ययन गरुन भन्नको लागि त्यो सिमालार्ई माथि लिएर गइन्छ तर नेपालमा तल झारिएको छ । उनले गुणस्तरमा बृद्धि हुनको लागि माथि लानुपर्ने बताएका छन् ।
नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले ग्रेड प्रणालीले मनोबैज्ञानिक रुपमा दुईवटा प्रश्नहरु सिर्जना गरेको बताएका छन् । एकातिर पास भइहालिन्छ किन पढ्न पर्यो भन्ने मनोविज्ञान पनि आएको छ भने अर्कोतिर अभिभावक र शिक्षकहरुलाई पनि अन्यौलताको बाटोमा धकेलेको बताउँछन् । उनले ग्रेडिड प्रणाली कि त त्रिभुवन विश्वविद्यालयको माथिल्लो कक्षाबाट शुरुवात गर्नुपर्ने , होइन भने सानो कक्षाबाट सुरुवात गर्दा राम्रो हुने तर्क गरेका छन् ।उनले त्रुटि भएका कारण यसलाई सच्याउनु उचित भएको बताएका छन् ।
यसरी ग्रेडिड प्रणाली लागु भएको चार वर्ष बितिसक्दा पनि सरकारले विद्यार्थी देखि आम अभिभावक सम्म लाई यस बारे अझै बुझाउन सकेको छैन् । जसक कारण वर्षर्नी एसइइ परिक्षाको नतिजा प्रकाशन भएपछि विद्यार्थीहरु अगाडीको शिक्षालाई कसरी अगाडी बढाउने विषयमा अन्योलतामा पदै आएका छन ।