वैशाख २३,२०८३ / ०२ : ०९ अपरान्ह / 2026-05-06 02:09 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एसइईको नतिजा आज सार्वजनिक हुने संभावना, सम्पुर्ण तयारी पुरा

      - ६ वर्ष अगाडि
      असार ११,२०७६

      काठमाडौं, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । 

      विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । 

      कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटी नभए भोलिसम्ममा र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए । 

      कार्यालयले आज सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d