श्रावण २२,२०७९ / ०९ : ०७ अपरान्ह / 2022-08-07 09:07 pm

        १ हप्ता थप्यो लोकसेवा आयोगको फारम भर्ने म्याद

        - ३ वर्ष अगाडि
        असार ३,२०७६

        काठमाडौं, विरोध र विवादका बाबजुद लोकसेवा आयोगले स्थानीय निकायमा कर्मचारी भर्नाका लागि खोलेको विज्ञापन नरोक्ने निश्चित भएको छ । आयोगले विज्ञापनको म्याद थप गरी १७ असारसम्म भर्न सकिने व्यवस्था गरेको छ ।

        आयोगले मङ्गलबार विज्ञप्ति जारी गरी स्थानीय तहको ५ सय १५ पदमा पदपूर्तिका लागि प्रकाशित विज्ञापन अनलाइन प्रणालीमार्फत् दरखास्त दिने मिति आज सकिएपनि सर्भरमा चाप भई दरखास्त अपलोड गर्न कठिनाई उत्पन्न भएको भन्दै म्याद थपेको जनाएको छ । अब १० असारसम्म तोकिएको दस्तुरमा र त्यसपछि १७ असारसम्म दोब्बर दस्तुर तिरी दरखास्त फर्म भर्न सकिनेछ ।

          सम्बन्धित समाचारहरु