श्रावण २२,२०७९ / ०९ : ५० अपरान्ह / 2022-08-07 09:50 pm

        राजनिती स्वार्थका लागि बालबालिकाको प्रयोग

        - ३ वर्ष अगाडि
        जेष्ठ ७,२०७६

        काठमाण्डौ - शिक्षाका लागि विद्यालय जाने विद्यार्थीलाई न त शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा दिन सकेको छ, न त वातावरण नै । राजनीतिले गाँजेको नेपाली समाजमा जसले जे गरे पनि छुट जस्तै छ । यही छुटको फाइदा उठाउँदै विद्यार्थी संगठनले विद्यालय पढ्ने उमेरका बालबालिकालाई राजनीतिक कार्यक्रममा सहभागि गराउन थालेका छन् । शिक्षालाई राजनीतिकरण गरी पार्टी पार्टीको कार्यक्रममा कलिला विद्यार्थीको प्रयोग गरिँदा विद्यार्थीहरुको पढाई प्रभावित हुने गरेको छ । तर उनीहरुलाई आफू किन र कस्तो कार्यक्रममा सहभागि गराइएको हो भन्ने समेत थाहा छैन । 

        बालअधिकारको महासन्धी १९९०मा पनि १६ वर्ष मुनिका बालबालिकालाई आफ्नो स्वार्थका लागि  कुनै पनि कार्यमा सहभागि गराउन नपाउने उल्लेख छ । तर यसको पालना भएको छैन । नेपालले हस्ताक्षर गरेको यो सन्धीबारे सायद नेता बन्ने धुनमा रहेका विद्यार्थी संगठनका नेताहरुलाई थाहा छैन । वा थाहा भएर पनि स्वार्थ पूर्तिका लागि मनलाग्दी गरिरहेका छन् । 

        दबाबपूर्ण र जनताको हितमा थिती बसाल्नका लागि भनिने कार्यक्रममा विद्यार्थीलाई सहभागि गराएर ठूकै काम गरेको विद्यार्थी संगठनहरुको तर्क छ । तर कलिला विद्यार्थीलाई सहभागि गराउँदा पर्ने प्रभावप्रति भने उनीहरु बेखबर जस्तै छन् । 

        विद्यालय पढ्न पठाएका बालबालिकालाई विद्यालयले किन यस्ता राजनीतिक कार्यक्रममा सहभागि हुने अवसर दियो त ? फुर्सदको समयमा राजनीतिक कार्यक्रममा पठाइएको विद्यालयका शिक्षकले गैरजिम्मेवार जवाफ दिन्छन ।  

        यस्तो प्रवृत्तिप्रति अभिभावक पनि असन्तुष्ट  यस्तो प्रवृत्तिप्रति अभिभावक पनि असन्तुष्ट छन् । 

        बालबालिकको दुरुपयोग भएको अवस्थामा अभिभावकहरुले कसरी ढुक्क भएर बस्ने कि आफना नानीबाबुहरु विद्यालयमा सुरक्षित छन् भनेर ? यसबारे सबै पक्षले गम्भीर भएर सोच्नु जरुरी छ । शिक्षामा भएको राजनितिकरणको सबै मिलेर अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा कायम र दक्ष जनशक्ति उत्पादन हुन सक्दैन ।।

          सम्बन्धित समाचारहरु